logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बाँकेमा थप १७ कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.573K
Shares

बाँके जिल्लाका विभिन्न अस्पतालहरूमा कोरोनाबाट संक्रमित थप १७ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरी कुल १७ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका-७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका-११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८४ वर्षीय पुरुष छन् ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका९६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका-२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ बाँकेका ५८ वर्षीया महिला र नेपालगन्ज उममहानगरपालिका-३ बाँकेका ६१ वर्षीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार त्रिवेणी गाउँपालिका-१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका-२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-५ कैलालीका ६८ वर्षीया महिलाको संक्रमणकै कारण मृत्यु भएको छ ।

पछिल्लो १३ घण्टाको अवधिमा यति धैरै संक्रमितहरुले ज्यान गुमाएको यो पहिलो पटक हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्लाका२५३ जना र उपचारका लागि आएका बाहिर जिल्लाका २०९ जनाको मृत्यु भईसकेको छ ।