logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा कोरोनाका कारण एकैदिन ३० जनाको मृत्यु


अंकुरण खबर
650
Shares

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।

निर्देशनालयका अनुसार पर्वतमा पाँच जना, तनहुँमा पाँच जना, कास्कीमा आठ जना, स्याङ्जामा सात जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा दुई जनाको मृत्यु भएको हो। योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको सङ्ख्या ४ सय ५२ पुगेको छ।

अद्यावधिक विवरण अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३० हजार छ सय ८८ पुगेको छ।