कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
यसका लागि कांग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरु प्रधानमन्त्री केपी ओलीलाई भेट्न सिंहदरबार पुगेका छन् । भेटमा कांग्रेसले प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने छन् ।
कांग्रेसले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो ।