logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु


अंकुरण खबर
702
Shares

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ ।

बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्ममा बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप १० संक्रमितको मृत्यु भएको हो ।

मृतकमध्ये ४–४ जना बाँके र बर्दिया, १–१ जना दाङ र कैलालीका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका–३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८:४५ बजे र राप्तिसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १: २० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे, गुलरिया नगरपालिका–४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे र बढैयाताल गाउँपालिका–५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९:५५ बजे मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।