नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उमेदवार रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा उमेदवार रहेका एमालेका नेता बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको पछिल्लो अवस्थालगायतका विषयमा जानकारी गराएको ज्ञवालीले बताए ।