नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक फेरि सरेको छ ।
बिहीबार बेलुका ५ बजेलाई बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि स्थगन गरेको नेता रघुजी पन्तले जानकारी दिए । नेताहरुको व्यस्तताका कारण बैठक फेरि सारिएको उनले बताए ।
एमाले विवाद समाधान गर्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले १० सदस्यीय कार्यदल गठन गरेका थिए ।
तीन दिनभित्रै विवाद समाधान गर्ने भनिएको कार्यदलको बैठक एकपटक मात्र बसेको छ ।