logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा थप २८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


अंकुरण खबर
1.261K
Shares

रौतहटमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा १४८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्लामा सबैभन्दा बढी गौरमा ११३ र चन्द्रपुरमा १०८ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा चार जना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्म रौतहटका ६४ जनाको मृत्यु भएको छ ।