कोरोनाभाइरस संक्रमणबाट तीन जना डाक्टरको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा. पुज्याश्री कार्कीको निधन भएको जनाएको छ।
मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।