logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बादलले दिए खिमलाललाई बधाई


अंकुरण खबर
1.209K
Shares

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदमा आज भएको उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापा बादलले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले आफूलाई मत दिने सबैप्रति आभार समेत प्रकट गरेका छन् ।

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेखेका छन् ।