logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन उपेन्द्र यादवको प्रस्ताव


अंकुरण खबर
1.157K
Shares

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन आव्हान गरेको भोलिपल्ट यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर यस्तो प्रस्ताव राखेका हुन ।

यादवले भने,“मैले महन्थजीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेको हुँ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छन् ।