प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार अपराह्न ५ बजेसम्मको
समय दिएसँगै त्यसलाई लिएर विपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन् ।
त्यही बेला ओलीले आज (शुक्रबार) अपराह्न साढे १२ बजेका लागि पत्रकार सम्मेलन गर्न लागेका हुन्।