logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट बाँकेमा थप १५ जनाको मृत्यु


अंकुरण खबर
2.054K
Shares

बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृतकमध्ये बाँके जिल्लाका आठ जना, सल्यान र कैलालीका दुईरदुई जना, प्यूठान, दाङ र बर्दियाका एकरएक जना रहेको बाँके जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए।

बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको हो।

भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको वलीले जानकारी दिए।

योसँगै बाँके जिल्लाका २६७ जना र बाहिरी जिल्लाबाट उपचारका लागि त्यहाँ लगिएका थप २२२ जना गरी कुल ४८९ जना संक्रमितको हालसम्म मृत्यु भएको छ।