नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसद्हरुको भेलामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङ र नेता वर्षमान पुनसमेत सहभागी भएका छन् ।
सिंहदरबारस्थित लेखा समितिको हलमा जारी नेपालनिकट सांसदहरु भेलामा उनीहरु प्रवेश गरेका हुन् ।
भेलामा नेपालनिकट २० जना सांसद हलमा उपस्थित रहेको सांसद झपट रावलले बताए। उनका अनुसार छलफलमा भीम रावल लगायत सांसदहरु सहभागी छन्।