विपक्षी गठबन्धनमा बहुमत जुटेको छ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का १ सय ४९ सांसदको हस्ताक्षर लिएर नेताहरु शीतलनिवास प्रस्थान गरेका छन्।
नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गरिएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको हो।
राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि अहिले नेताहरु शीतल निवास गएका छन्।