logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-देउवा दुबै जनाले प्रधानमन्त्रीमा दाबी गरेपछि राष्ट्रपतिले भनिन्-‘परामर्श गर्छु’


अंकुरण खबर
2.028K
Shares

प्रधानमन्त्रीका लागि बहुमत आफूसँग रहेको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले दाबी पेश गरेपछि राष्ट्रपतिले परामर्शपछि निर्णय गर्ने भएकी छन्।

विपक्षी गठबन्धनसँग शीतल निवासमा राष्ट्रपति भण्डारीले कानुनी परामर्शपछि निर्णय लिने बताएकी हुन। योसँगै विपक्षी गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपति भवनबाट बाहिरिएका छन्।

प्रधानमन्त्री ओली १५३ र विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवा १४९ जना सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका थिए।

हाल संसदमा २७१ जना सांसद छन्। तर, ओली र देउवाले दाबी गरेको प्रक्रियामा ३९ जना सांसदको हस्ताक्षर दुवै तर्फ देखिएको छ। हस्ताक्षरको अध्ययनपछि राष्ट्रपति कार्यालयले निर्णय लिने बुझिएको छ।