logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-देउवा दुवैका दाबी किर्ते हुन, चुनाव घोषणा होस् : कमल थापा


अंकुरण खबर
949
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन ।

वर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन ।

सो दाबीपत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेको बताइएको छ ।

यस्तै विपक्षी गठबन्धनको तर्फबाट एमालेको माधव नेपाल पक्षका २७ सहित शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर पनि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेकी छन् ।

दुवै पक्षले आफूहरुसँग बहुमत रहेको दाबी सहित नयाँ सरकार बनाउन आधार पुग्ने दाबी गरेका बेला राप्रपा अध्यक्ष कमल थापाले दुवै पक्ष किर्ते भएको बताएका छन् । साथै उनले अब चुनाव घोषणा गर्न माग गरेका छन् ।