logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताप्लेजुङमा दुई कोरोना संक्रमित वृद्धाको मृत्यु


अंकुरण खबर
1.3K
Shares

ताप्लेजुङमा दुई कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–४ की ६९ वर्षीया र सिरिजंघा गाउँपालिका–४ का ८० वर्षीया वृद्धा हुन् ।

फुङलिङकी महिला मुटुरोग, प्रेसर, मधुमेहकी बिरामी रहेकी बताइएको छ। उता सिरिजंघाकी महिलालाई श्वास फेर्न समस्या भएपछि आफन्तले शनिबार राति प्राथमित स्वास्थ्य केन्द्र ल्याएका थिए । त्यहाँ स्वास्थ्य जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको थियो।

उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले बताए । योसँगै जिल्लामा हालसम्म ८ संक्रमितले ज्यान गुमाइसकेका छन् । त्यस्तै, सक्रिय संक्रमित ४ सय बढी छन् ।