सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न जानुअघि अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरू छलफलमा जुटेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ ।