logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट नेपाल प्रहरीका अर्का डिएसपी समिरचन्द्र खरेलको मृत्यु


अंकुरण खबर
754
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा फेरि एक प्रहरी अधिकृतको मृत्यु भएको छ।

महामारी विरुद्ध फ्रन्टलाइनमा खटिएका डिएसपी समिरचन्द्र खरेलको कोभिड संक्रमणबाट निधन भएको हो। उनको नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका काभ्रेका बासिन्दा उनले २०५८ को खुला प्रतियोगिताबाट निरीक्षक दर्जामा उत्तीर्ण गरेका थिए।

यसअघि गत साता मात्रै काठमाडौं प्रहरी परिसरमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणकै कारण प्रहरी अस्पतालमा निधन भएको थियो।