logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेश पहिलोपल्ट विश्वकप क्रिकेट सुपर लिगको शीर्ष स्थानमा


अंकुरण खबर
1.092K
Shares

बंगलादेश विश्वकप क्रिकेट सुपर लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

श्रीलंकाविरुद्धको एक दिवसीय खेलको सिरिजमा दुई खेलमा जित निकालेर सिरिज पक्का गरेको बंगलादेश तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

सुपर लिगमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको बंगलादेशले श्रीलंकाविरुद्ध दुई खेलमा उत्कृष्ट जित निकाल्यो । सुपर लिगमा बंगलादेशले आठ खेलमा पाँच जित र तीन हारका साथ ५० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा इङ्ल्याण्ड छ भने पाकिस्तान तेस्रो, अष्ट्रेलिया चौथो स्थानमा छन् । तीन वटै क्लवको समान ४० अंक भए पनि रन रेटका आधारमा इङ्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । सुपर लिगको अंक तालिकामा भारत आठौं स्थानमा छ ।

उसले खेलेका ६ खेलमा तीन जित र तीन हार ब्यहोरेको छ । उसका २९ अंक छ । तालिकामा अफगानिस्तान र वेष्ट इण्डिज, न्युजिल्याण्डको समान ३० अंक छ । सुपर लिगमा नेदरल्याण्ड्सले अहिलेसम्म एक खेल पनि खेल्न सकेको छैन । श्रीलंकाले पाँच खेल खेल्दा पाँचै वटा हारेको छ ।