logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इराक पुग्यो नेपाली राष्ट्रिय फुटबल टिम


अंकुरण खबर
1.079K
Shares

इराकविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ ।

नेपालले कुवेतमा हुने विश्वकप एसियाली छनोटका बाँकी खेल अगाडि पूर्व एसियाली च्याम्पियन तथा एसियाली फुटबल शक्ति इराकविरुद्ध यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल जेठ १५ शनिबार बासराको अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेपालले आफूभन्दा निकै माथिल्लो वरीयताको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको यो पहिलो पल्ट हो ।
मंगलबार राति विशेष विमानबाट उडेको नेपाली राष्ट्रिय टिम कतार भएर बासरा पुगेको हो । नेपाली टिम त्यहाँको सेराटन होटलमा बसेको छ ।

नेपालले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुटारीको नेतृत्वमा पहिलो खेल खेल्न लागेको हो । नेपालले विश्वकप छनोटअन्तर्गत चानिया ताइपेयी, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

यस विश्वकप छनोट एसियाकप छनोटका रूपमा पनि रहेको छ र यसमा आफू अनुकूल नतिजा निकाल्न सके नेपालसामु एसियाकपमा छनोटको सम्भावना बढाउन सक्नेछ ।