काठमाडौं उपत्यकामा २ हजार ३६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा २ हजार ३६७ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये काठमाडौंमा १ हजार ७३८ जना, भक्तपुरमा २६५ जना र ललितपुरमा ३६४ जनामा संक्रमण पुष्टि भएको छ ।