कोरोना संक्रमणबाट बिहीबार कपिलवस्तु जिल्लामा तीन जना पुरुषको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–१ का ४० वर्षीय पुरुषको तौलिहवास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, वाणगंगा नगरपालिका–२ का ५७ वर्षीय र वडा नं. ८ का ९८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ५७ वर्षीय पुरुषको होम आइसोलेसनमा र ९८ वर्षीय पुरुषको भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए ।
योसँगै जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ८३ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या बढेर १,२९१ पुगेको छ ।