नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ।
‘नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ अध्यक्ष पुष्पकमल दाहालले फेसबुकमा लेखेका छन्। उनले सांघातिक हमला गर्नेमाथि कारबाही हुनुपर्ने माग समेत गरेका छन्।
उनले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनी माग पनि गर्दछ ।’