logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेरी अस्पतालमा चिकित्सक र नर्सप्रति भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी


अंकुरण खबर
741
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पलातका चिकित्सक तथा नर्सप्रति भएको दुव्र्यवहार खेदजनक रहेको बताएकी छन्।

कोभिड-१९ भएका बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए।

बिहीवार राति दाङका एकजना सङ्क्रमितको निधन भएपछि उनका आफन्तहरूले उपचारमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेको बताइएको छ।

सो बारे राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल मार्फत खेद प्रकट गरेकी हुन।

यस्तो छ भण्डारीले ट्वीट:

“आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।”