logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको एक करोड डोज खोप अमेरिका र चीनबाट खरिद गर्ने तयारी, १७ लाख डोज भारतसँग माग


अंकुरण खबर
767
Shares

सरकारले चीनले अनुदान स्वरुप उपलब्ध गराउने १० लाख डोज कोभिड खोपमध्ये २ लाख तीन दिनसम्म भित्राउने तयारी गरेको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले कोभिड १९ विरुद्धको खोप आयातमा भइरहेको कुटनीतिक प्रक्रियाकाको बारेमा गरेको भर्चुवल बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । उनले कोभिड रोकथाम तथा नियन्त्रणको लागि सरकारले कुनै कसर बाकी नराखेको पनि बताए । साथै विश्वका ४ खोप निर्माता कम्पनी चीनको सिनोफार्म, रुसको स्पुतनिक, अमेरिकाको जोन्सन एण्ड जोन्सन र अमेरिकाको एस्ट्राजेनेकासँग खोपका लागि पहल भइरहेको मन्त्री ज्ञावलीले जानकारी दिए ।

मन्त्री ज्ञवालीले सिनोफार्मबाट ५० लाख र जोन्सन एण्ड जोन्सनबाट ५० लाख खोपका लागि पहल भइरहेको पनि जानकारी गराए । उनले खोप खरिद प्रक्रियासम्बन्धी कानूनी प्रावधानले समस्या भएको हुँदा अबको १० देखि १५ दिनभित्र यो विषयमा निस्कर्स निस्कने र खोप खरिद प्रक्रिया सहज हुने हुँदा खोप खरिदमा सहज हुने विश्वास व्यक्त गरे । भारतबाट १७ लाख डोज खोप माग गरिएको उच्च तहमा कुरा गरिएको मन्त्री ज्ञवालीले जनाए ।

उनले सरकारले खोप खरिदका लागि ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको हुँदा त्यसै अनुसारको काम भइरहेको पनि बताए । खोपको आपूर्ति, माग लगायतका विषयमा तालमेल नमिल्दा पनि केही समस्या देखिएको र खोपको असमान वितरणका कारण पनि खोपको आपूर्तिमा समस्या भएको उनको भनाइ छ ।