म्यानचेस्टर सिटीलाई १-० को नतिजामा पराजित गर्दै चेल्सीले दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् ।
पोर्चुगलको पोर्टोमा भएको फाइनलमा चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए । पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा परिणत गर्दै हाभर्ट्जले चेल्सीलाई अग्रता दिलाएका थिए ।
चेल्सीले ९ वर्षपछि दोस्रो पटक उपाधि उचालेको हो । यसअघि चेल्सीले २०१२ मा जर्मन हेभिवेट बायर्न म्युनिखलाई पराजित गरेर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।