logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट पाँचथरका पत्रकार भण्डारीको निधन


अंकुरण खबर
1.365K
Shares

कोरोना भाइरसको संक्रमणका कारण नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ ।

शनिबार झापाको विर्ता सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जनाकारी दिए ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ का भण्डारी १२ दिनदेखि उपचाररत थिए। ५२ वर्षीय भण्डारीका श्रीमती र तीन छोराछोरी छन् ।

कञ्चनजंघा एकेडेमी फिदिममा सञ्चालक सदस्य रहेका भण्डारी सोही एकेडेमीमा अध्यापन पनि गर्दै आएका थिए ।