logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली टिम इराकबाट आज कुवेत जाँदै


अंकुरण खबर
806
Shares

इराकको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलपछि नेपाली राष्ट्रिय टोली विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि आज कुवेत जाँदैछ ।

इराकसँग ६–२ गोलअन्तरले पराजित भएयता नेपाली टोलीले कुवेतमा विश्वकप छनोटअन्तर्गत जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेइसँग खेल्दैछ ।

यी तीनै खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । कोरोना महामारीका कारण एएफसीले स्वतन्त्र भूमिमा सबै खेल एकैपल्ट खेलाउने निर्णय गरेपछि कुवेत सारिएको हो । छनोट प्रतियोगिताको सोही समूहमा रहे पनि नेपालले कुवेतसँगको दुवै खेल खेलिसकेको छ ।

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २४ गते जोर्डन र २८ गते अस्ट्रेलियासँग खेल्नेछ । यसअघि नेपालले कुवेतसँग दुई तथा अस्ष्ट्रेलिया र जोर्डनसँग पराजित भएको छ भने चाइनिज ताइपेइलाई पराजित गरेको छ ।

नेपाल गणीतीय रुपमा छनोट सम्भावनाबाट बाहिरिइसकेको छ । कोरोनाका कारण चलायमान हुन नसकिरहेको नेपाली फुटबललाई यसले गति भने दिएको छ । नेपाली टोलीको हौसलाका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल पनि टोलीसँगै छन् ।