logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोपका लागि सहयोग गरिदिन रुसी राष्ट्रपति पुटिनलाई राष्ट्रपति भण्डारीको पत्र


अंकुरण खबर
663
Shares

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना खोप खरिदका लागि विभिन्न देशका राष्ट्रप्रमुखसँग आग्रह गरेकी छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपति भण्डारीले टेलिफोनवार्ता नै गरेकी थिइन् । लगत्तै चीनले नेपाललाई कोरोना खोप उपलब्ध गराउँने घोषणा नै गर्यो। यस्तै, राष्ट्रपति भण्डारीले खोपका लागि अमेरिकी राष्ट्पति जो बाइडेनसँग पनि आग्रह गरेकी छन् ।

पछिल्लो पटक खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालय मार्फत पत्र पुटिनलाई दिने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।