logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

काठमाडौं उपत्यकामा कोरोना संक्रमित घट्यो, आइतबार १०९३ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
936
Shares

पछिल्लो समय उपत्यकासहित देशभर संक्रमितको संख्यामा उल्लेख्य कमी हुँदै आएको छ ।

आइतबार काठमाडौ उपत्यकामा १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् भने १०९ जनाको मृत्यु भएको छ । यस्तै, आइतबार ६,२०५ जना संक्रमणमुक्त भएका छन् ।