logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले रेशमलाल चौधरीलगायतको मुद्दा फिर्ता लिन पहल गर्ने सहमति


अंकुरण खबर
871
Shares

सरकार र थरूहट–थारूवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थरूहट–थारूवान आन्दोलनका क्रममा कैलाली टीकापुरको घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति भएको छ ।

सहमति पत्रमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी तथा आन्दोलनरत पक्षबाट रुकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीको हस्ताक्षर छ ।