logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट बाँकेमा थप तीन जनाको मृत्यु


अंकुरण खबर
988
Shares

पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र युनाइटेड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके, सुर्खेत र बझाङका १/१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीमा उपचाररत चौकुने ४ सुर्खेतका ७० वर्षीय पुरुष, युनाइटेड अस्पतालमा  नेपालगन्ज ८ बाँकेका ६७ वर्षीय पुरुष र नेपालगन्ज मेडिकल कलेजमा खप्तडचना ४ बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै कोरोनाबाट बाँकेका २९६ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २९४ जनाको मृत्यु भएको छ।