कोरोना संक्रमणका कारण हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा अस्पतालमा उपचाररत संक्रमित महिलाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा–२ चौकिटोलकी ५२ वर्षीया महिला रहेको अस्पतालको कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए ।
योसँगै हेटौंडा अस्पतालमा कोरोनाबाट ६५ जनाले ज्यान गुमाएका छन् ।