logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए एक हजार ४५६ कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंका रहेका छन् । काठमाडौंका ९६९ जना भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

आज देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ भने ७ हजार २१९ जना संक्रमित निको भएका छन् ।