logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ताइपेइलाई हराउँदै नेपाल विश्वकप छनोटमा विजयी


अंकुरण खबर
1.43K
Shares

नेपालले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३  छनोट खेलमा चाइनिज ताइपेइलाई हराएको छ ।

कुवेत सिटीमा भएको खेलमा चाइनिज ताइपेइलाई नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्दै २–० ले पराजित गरेको हो । छनोट अन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

नेपालले यो जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । त्यस्तै ताइपेईले ६ खेल खेल्दा पनि कुनै अंक प्राप्त गर्न सकेन् ।