logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा, प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद


अंकुरण खबर
1.066K
Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपति बाइडेनलाई धन्यवाद  दिएका हुन् ।

उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् । बिहीबार अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको  छ ।

राष्ट्रपति बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देशका लागि ७० लाख खोप अनुदान दिने घोषणा गरेका थिए ।