logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो लहर न्यून विन्दुमा पुगेको ६ महिनाभित्र कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञको चेतावनी


अंकुरण खबर
2.015K
Shares

कोरोना भाइरसको दोस्रो लहर न्यून विन्दुमा पुगेको ६ महिनाभित्र फेरि तेस्रो लहरको संक्रमण फैलिने स्वास्थ्यविज्ञहरुले अनुमान गरेका छन् ।

भाइरोलोजिस्टहरुका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको उच्च जोखिममा रहेको बताएका हुन् । उनीहरुले तेस्रो लहर फैलिएको अवस्थामा बालबालिकाहरु अझ बढी जोखिममा रहने चेतावनी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने उच्च सम्भावना रहेकोले त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने बताएका छन् ।

दोस्रो लहरको संक्रमणबाट मुक्त भएकाहरुको शरीरको प्रतिरोधी क्षमता ६ महिनापछि कमजोर हुँदै जाने भएकोले तेस्रो लहर फैलिने सम्भावना उच्च रहेको प्रवक्ता पौडेलको भनाइ छ । कोरोनाविरुद्धको खोप अझै बालबालिकाहरुका लागि नआइसकेकोले बालबालिकाहरु बढी जोखिममा रहनसक्ने उनले बताए । हाल १८ वर्षमाथिकाका लागि मात्र खोप लगाइदैछ ।

हाल देशभर २४ सय आइसीयु वेड रहेकोमा १२५ मात्र बालबालिकामैत्री भएको जानकारी दिदै प्रवक्ता पौडेलले त्यसलाई बढाएर २७५ पुर्याइने बताए । बालबालिकाहरुलार्ई निमोनिया र इन्फ्लुएञ्जाबाट जोगाउन र जंकफुडबाट टाढै राख्नुपर्ने उनको सुझाव छ ।