logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम दलका नेता शाहले ओलीलाई बुझाए स्पष्टीकरण


अंकुरण खबर
676
Shares

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले आज (आइतबार) बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष केपी ओलीलाई स्पष्टीकरण दिएका छन्।

हाल आर्थिक मामिला तथा योजनामन्त्री रहेका शाहलाई पार्टीको स्थायी कमिटीको निर्णयविपरीत काम गरेको भन्दै शुक्रबार ४८ घन्टे स्पष्टीकरण सोधिएको थियो।

पार्टी निर्णयविपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको र एकताविरोधी काम गरेको भन्दै शाहलाई अध्यक्ष ओलीले आठ प्रश्न सोधेका थिए। सबै प्रश्नको चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी पनि दिइएको थियो। उनले स्पष्टीकरणको जबाफ लेखे पनि के–कस्ता कुरा समेटेका छन् भन्नेचाहिँ खुलेको छैन।

जेठ १० गते एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारका लागि कायम रहेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर १२ जेठमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय एमाले संसदीय दलले गरेको थियो। यो प्रदेशमा संसदीय दलमा एमाले वरिष्ठ नेता माधव नेपाल समूहको बहुमत छ।

त्यसलगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टले पनि एमालेका तीनजना मन्त्रीलाई राजीनामा गर्न लगाएर पाँच मन्त्री र चार राज्यमन्त्री हेरफेर गरे। त्यतिबेला आन्तरिक मामिला तथा कानून मन्त्री रहेका एमाले संसदीय दलका नेता शाहलाई दोहो¥याएर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

एमालेले पार्टी निर्देशन नमानेको भन्दै सुदूरपश्चिमका शाहसहित १० सांसदमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।