logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप फुटबल : आज नेपाल र जोर्डन भिड्दै


अंकुरण खबर
1.144K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसित प्रतिस्पर्धा गर्दै छ ।

कुवेतमा हुने खेल नेपाली समयानुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।

सन् २०२२ को विश्वकप फुटबल र सन् २०२३ को एसिया कप दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र जोर्डन भिड्न लागेका हुन् ।

नेपाल र जोर्डन यसअघि तीनपटक आमने-सामने भएका थिए । त्यसमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक सन् २०१९ मा नेपाल जोर्डनसित ३-० ले पराजित भएको थियो । फिफा वरीयतामा हाल जोर्डन ९५औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ ।

कुवेतमा यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो ।