logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ११ सय संक्रमित


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय बढि संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका विभिन्न प्रयोगशालामा नुमना परीक्षणमा ११ सय १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौंमा ७९० जना, ललितपुमार १९० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार देशभर आज ४ हजार ४७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

६ हजार ९५१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने ९२ जनाले ज्यान गुमाएका छन् ।