logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु


अंकुरण खबर
793
Shares

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् ।

नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ । कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले पनि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन आफूको मत आवश्यक परे दिने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन् । यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ ।

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् ।