logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा तीन दिन लगातार बैठक अवरुद्ध


अंकुरण खबर
1.157K
Shares

नेकपा एमालेले लगातार रूपमा प्रदेश सभाको बैठक अवरुद्ध पारेको छ ।

बुधबार दिउँसो दुई बजेका लागि बैठक बोलाइए पनि झण्डै एक घण्टा ढिला गरी बैठक बसेको थियो । बैठकको सुरुमा नै एमालेका सांसदहरु उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो ।

अदालतले अपराध प्रमाणित गरिसकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै तत्काल पदबाट हटाउन माग गर्दै एमालेले जेठ २४ गतेबाट बैठक अवरुद्ध पार्दै आएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले माग पूरा नहुञ्जेलसम्म बैठक सञ्चालन हुन नसक्ने बताए ।
‘जिम्मेवारी सरकारले यो समस्याको समाधान गर्ने उत्सुकता देखिएन,’ उनले भने, ‘यो बैठक पनि बोलाउनै पर्ने भएका कारणले बोलाएको जस्तो देखिन्छ । हामी आज पनि हाम्रो मागको ठाउँमा छौँ ।’

साथै उनले लकडाउनका बाबजुत होटल, होटलमा आगामी आर्थिक वर्षका लागि योजना छनोटको काम भइरहेको बताए । मन्त्रालय त देखाउने ठाउँ मात्रै भएको उनको आरोप छ ।

एमालेको फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेका एमालेको माधव नेपाल पक्षका भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गर्दै आएको छ । मन्त्री थापालाई जालसाजी सरकारी कागजात किर्ते मुद्दामा जेठ तीस गते सर्वोच्चमा उपस्थित हुन भनेको छ ।

यस्तै बैठक बस्नु अघि बैठक सञ्चालन गर्ने विषयमा सर्वदलीय बैठक बसेको थियो । बैठक निष्कर्षबिहीन हुँदा प्रदेश सभाको बैठकको कार्यसूची अघि बढ्न सकेन । अवरोध जारी गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले बताए ।