logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा तीनजना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
702
Shares

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दिया र दाङका तीनजनाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दाङ लमही नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २४ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

दाङ राजपुर गाउँपालिका वडा नं. ५ का ५३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १९ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।

बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ का ६५ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । जेठ १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।

मृतक तीनै जना बाहिरी जिल्लाबाट उपचार गराउन कोहलपुर पुगेका संक्रमित हुन् ।