logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज


अंकुरण खबर
923
Shares

सुदूरपश्चिम प्रदेश सरकारले आज (बिहिवार) आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदै छ।

बजेटमाथिको पूर्व छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो। त्यसका लागि बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको संसद सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए।

उनका अनुसार सो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले अगामी आर्थिक वषको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ भएकाले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रवक्ता चटौतले बताए।

सुदूरपश्चिम प्रदेशसभा नियमावलीमा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनपहिले नै प्रिबजेट प्रस्तुत भएर छलफल प्रारम्भ गर्नुपर्ने र एक साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर छलफल गर्नुपर्ने व्यवस्था छ।

यद्यपी कोरोनाका कारण समयमै बजेट अधिवेशन बोलाउन नसकिए पछि यस वर्ष अध्यादेशमार्फत ऐन संसोधन गरिएको थियो।