logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपस्चिममा १७ सांसदसंग २४ घण्टे स्पष्टिकरण


अंकुरण खबर
598
Shares

नेकपा एमाले सुदूरपस्चिम प्रदेश कमिटीले १७ जना सांसदसँग २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका माधव नेपाल पक्षका १७ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको हो ।

पार्टी स्थायी कमिटी र सुदूरपश्चिम संसदीय दलको निर्णयविपरीत चलेको भन्दै पाटीले उनीहरुसँग स्पष्टिकरण मागेको नेकपा एमाले सुदूरपस्चिमले जनाएको छ ।

समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता प्रकाश शाहसहित उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

पछिल्लो समय एमालेमा ओली र माधव पक्षबाट एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम बढेको छ ।