logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी सरकार ढल्नुमा प्रधानमन्त्री ओली जिम्मेवार भएको गुरुङको आरोप


अंकुरण खबर
1.482K
Shares

मुख्यमन्त्री निवास छोड्दै गर्दा पृथ्वीसुव्वा गुरुङले गण्डकी सरकार ढल्नुमा प्रधानमन्त्री केपी ओली जिम्मेवार रहेको आरोप लगाएका छन् ।

आफू कसैको दबाबमा निष्ठा त्याग्ने मानिस नभएको बताउँदै प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यता राखेर बसेको र ओलीको दबाबले पृथ्वीसुब्बाले आफ्नो निष्ठा नत्याग्ने बताए । उनले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको बताए ।

आइतबार बिहान पत्रकार सम्मेलन गर्दै गुरुङले अहिले बनेको गठबन्धन सरकार पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दाबी गरेका छन् ।

शनिबार गठबन्धनका सांसदले गरेको क्रियाकलापप्रति असन्तुष्टि ब्यक्त गर्दै दाबी गरिसकेपछि घेराबन्दी गर्नु जरुरी नभएको बताए । मुख्यमन्त्रीमा आफुले पनि दाबी गरेको र संविधानको १६८ (५) अनुसार सभामुख बाहेक सबैले दाबी पाउने उनले जीकीर गरे ।