प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नामकरणमा चासो देखाएका छन्।
प्रदेशसभाको आइतबार बसेको बैठकमा उनले प्रदेशको नीति तथा कार्यक्रमसँगै बजेट पारित गरेलगत्तै यही अधिवेशनमै प्रदेशको नाम टूंगो लगाउनुपर्ने प्रस्ताव राखेका हुन्।
प्रदेशसभाको कार्यकाल बित्न लागिसक्दा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै मुख्यमन्त्रीको चर्को आलोचना हुँदै आएको छ।
कोरोना महामारी फेरि बढ्यो भने विभिन्न सतर्कता र सावधानी अपनाउनुपर्ने भएकाले अहिले नै सावधानी अपनाएर प्रदेशको नामाकरण गरेर मात्रै बजेट अधिवेशन अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री राईले चुरे संरक्षणका लागि संघीय सरकारको ध्यानाकर्षण गराइएको पनि बैठकमा जानकारी दिए।