logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपेन्द्र यादवले सोधे ११ मन्त्रीलाई स्पष्टीकरण


अंकुरण खबर
819
Shares

अध्यक्ष उपेन्द्र यादवले वर्तमानमा सरकारमा सहभागी जनता समाज पार्टीका ११ मन्त्रीलाई स्पष्टीकरण सोधेका छन्।

पार्टीको निर्णयविनै सरकारमा सहभागी बनेको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन्।

जसपाका अका अध्यक्ष महन्थ ठाकुर पक्षका राजेन्द्र महतोसहित ११ जना केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । जसमा ९ मन्त्री र २ राज्यमन्त्री छन्। उनीहरुलाई यादवले चार बुँदै स्पष्टीकरण सोध्दै जाफव बुझाउन एक साताको समय दिएका छन्।

जसपाका राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया मन्त्री बनेका छन् भने चन्द्रकान्त चौधरी र रेणुका गुरुङ राज्यमन्त्री बनेका छन् ।