logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्थ ठाकुरले उपेन्द्र यादवसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाए


अंकुरण खबर
1.014K
Shares

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षका नेताहरुलाई हटाएर कार्यकारिणी समिति विस्तार गरेका छन् ।

उनले यादव सहित उनको समूहका १६ जना नेताहरुलाई हटाएर समिति विस्तार गरेका हुन् ।

ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्र सिंह यादव, रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएको बताइएको छ ।

समितिमा थप हुनेमा खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायत रहेका छन् ।

ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी गरेका छन् ।